पालिकापत्र, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा असार २८ र २९ गते बैठक बस्ने भएको छ ।
पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णय गर्दै अघि बढेपछि संघीय परिषद अध्यक्ष एवं पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विस्तारित वैठक बोललाएका हुन् । वैठकमा छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जसपा नेपालले जनाएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अबस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका छन् ।
बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तय र पेश गर्ने जसपाका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।