स्पेलिङ बी प्रतियोगितामा विजेता विद्यार्थीलाई सम्मान


appharu

१९ भाद्र २०७९, आईतवार १७:१३ मा प्रकाशित

पालिकापत्र, सुनवल । सुनवल–४, नवलपरासीस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलले स्पेलिङ बी प्रतियोगिता दोस्रो भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कपिलवस्तुमा भएको विद्यार्थी गुणिय चक्र एसक्युसीको सातौं लुम्बिनी सम्मेलनमा सहभागी भई स्पेलिङ बी प्रतियोगितातर्फ दोस्रो भएका विद्यार्थीहरु मिसन पंगेनी र उत्तम ज्ञवालीलाई एक कार्यक्रमबिच सम्मान गरिएको हो । यसैगरी उक्त सम्मेलनको तालिम तथा वर्कसपमा सहभागी भई उत्कृृष्ट प्रस्तुति प्रदर्शन गर्ने विद्यार्थीहरु कृपा घिमिरे र बसन्त ढकाल पनि सम्मानित भएका छन् । सम्मेलनमा सुनवल युनाइटेड स्कुलको प्रतिनिधिको रुपमा सहभागी शिक्षक राधा के.सी.लाई पनि सम्मान गरिएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्