तिलोत्तमाका विमल न्यौपाने ‘नेपाल प्रथम’


appharu

२० भाद्र २०७९, सोमबार १९:१९ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित तिलोत्तमा क्याम्पसले हालै सार्वजनिक कक्षा १२ को परीक्षाफलमा क्याम्पसका छात्र विमल न्यौपाने नेपाल प्रथम भएको दावी गर्दै सम्मान गरेको छ ।
तिलोत्तमा क्याम्पसले सोमबार एक औपचारिक कार्यक्रम गरी २०७८ को परीक्षाफलमा ३.९६ जीपीए ल्याएका छात्र विमल न्यौपानेलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र क्याम्पस सञ्चालक समितिका पदाधिकारीले कदरपत्रले सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख रामकृृष्ण खांणले निजी क्षेत्रका शिक्षण संस्थाको योगदान निकै ठूलो रहेको र शिक्षामा आमूल परिवर्तन ल्याएको बताउनुभयो । उहांले निजी क्षेत्रलाई सरकारले विभेद गरेको स्वीकार गर्दै आफूले विभेद हटाउन पहल गर्ने बताउनुभयो ।
सम्मानित छात्र विमल न्यौपानेले अनुभवी र कुशल शिक्षक तथा क्याम्पसको राम्रो वातावरणले आफूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।
क्याम्पसका प्राचार्य रामचन्द्र आचार्यले २०५३ सालमा स्थापना भएको क्याम्पसले स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा ल्याउंदै नारायणी पश्चिममा बेग्लै पहिचान बनाएको बताउनुभयो ।
कार्यक्रममा कलेजका सञ्चालकहरुले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुका कारण अध्ययन गर्न हरेक वर्ष करोडौं रुपैयां विदेश जानबाट रोकिएको र यो क्षेत्रमा हजारौंले रोजगारी पाएका बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्