जरिवाना बुझ्न निर्वाचन कार्यालय शनिबार पनि खुल्ने


appharu

५ कार्तिक २०७९, शनिबार ०८:११ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । आज शनिवार सार्वजनिक बिदा भएपनि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय हरु खुला रहने भएका छन् । निर्वाचन आयोगले गत भदौ ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारको नाम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवार आफूलाई तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा ९२०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असूलउपर भएको कायम गरिने तय गरेको थियो । उक्त प्रयोजनका लागि आज विदाको दिन पनि निर्वाचन कार्यालयहरु खुला राख्ने निर्णय भएको हो । कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको र जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिवाना तिर्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्