मतदाताले छविलाललाई भने : फेरि पनि जिताउंछौं


appharu

६ कार्तिक २०७९, आईतवार ०७:४८ मा प्रकाशित

पालिकापत्र, देवदह। रुपन्देहीको देवदह नगरपालिका ३, टटेराका रामबहादुर विक श्रमजिवी परिवारका किसान हुन् । ३ कठ्ठा ऐलानी जग्गामा खेति किसानी र दैनिक ज्याला मजदुरी गरि उनले आफ्नो जहान वच्चाको पालन–पोषण गर्दै आएका छन् । ४ सन्तानका वावु विकको फुसको छाना भएको घर वर्षातका कारण भत्कीए पछि उनी छोराछोरीलाई कहाँ राख्ने भन्ने तनावमा परेका थिए । सरकारले असाहाय परिवारलाई फुसको छानो विस्थापन गरि टिनको छानो दिने कार्यक्रम ल्याए पछि रामबहादुरको परिवार सुरक्षित घरमा वस्न पाएका छन । सरकारको तर्फबाट पाएको सुविधा लिएर रामबहादुर खशीले गदगद भएका छन् । रामबहादुर विक जस्तै रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं १ का झण्डै एक हजार घरधुरीलाई फुसको छानो हटाएर टिनको छानो उपलव्ध गराईको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका क्रममा जनतासँग भेटघाट हुदाँ उनीहरुले पुर्व सांसद छविलाल विश्वकर्माले आफुहरुलाई गरेको उद्धार कहिले नविर्सने बताउनु भयो । उनीहरुले भने,हामी घरवार विहिन जस्तै थियौं तर सांसदले जुन व्यवस्था गरि दिनु भयो हामी निकै खुशी छौं । देवदह –८, विशाल नगर, डाडाँ टोलका मानबहादुर थापाको पनि अवस्था रामबहादुर विकको जस्तै थियो । वर्षात र जाडो समेत रोक्न नसक्ने झुपडि घरका कारण उनको परिवारले सास्ती भोग्दै आई रहेको थियो । केपि ओली प्रधानमन्त्री हुदाँ सरकारले फुसको छानो हटाउने कार्यक्रम ल्याए पछि आफुहरुलाई ठुलो रहात मिलेको उनले बताउनु भयो ।

देवदह र तिलोत्तमा नगरपालिका ,ओमसतिया र रोहिणी गाउँपालिकामा गरि रुपन्देहीको निर्वाचन क्षेत्र नं १ का ४ वटै पालिकामा लागु भएको यस कार्यक्रमले असाहय र विपन्न परिवारलाई सहजता मिलेको छ । देवदह नगरपालिकामा यस वर्ष मात्रै २ सय १ घर परिवारलाई टिनको छानो प्रदान गरिएको थियो । विगतमा लामो समयसम्म सत्ताको नेतृत्व गर्दै आएका दल र सरकारका प्रतिनिधीहरुले असाहय जनताको पक्षमा सरोकार नराखेको भन्दै उनीहरुले गुनासो समेत गरेका थिए । प्रतिनिधी सभाका पुर्व सांसद तथा क्षेत्र नं १, रुपन्देहीका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार छविलाल विश्वकर्माले पुनः आफुले जितेर गएपछि विपन्न र असहाय जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आफुहरुको भावना र चाहाना अनुरुप पुर्व सांसद विश्वकर्माले साथ सहयोग दिएको भन्दै फेरी पनि निर्वाचनको माध्यमबाट जिताएर पठाउन आतुर रहेको स्थानीयवासीले बताएका छन । मंसिर ४ नजिकीदै गर्दा प्रतिनिधी सभाका उम्मेदवार छविलाल विश्वकर्मा जनताको घर–घरमा पुगेर भेटघाट तथा छलपलमा जुट्दै आएका छन् । जनताको गुनासो सुन्ने,सुझाव र सल्लाह लिने उद्धेश्यका साथ विश्वकर्मा क्षेत्रका विभिन्न टोल वस्तीमा पुगेका हुन । विश्वकर्मालाई नागरिकले स्वागत गर्ने तथा जितको शुभकामना दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्