जनताका समस्या एमालेले समाधान गर्छ : छविलाल/दधिराम


appharu

२७ कार्तिक २०७९, आईतवार १८:३७ मा प्रकाशित

पालिकापत्र, ओमसतिया । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिस्वकर्माले एमाले सरकारमा नगए सम्म देशले काचुली फेर्न नसक्ने दाबि गर्नु भएको छ ।
रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहनु भएका बिश्वकर्माले बिगतमा एमालेको सरकारका समयमा भएका बिकाशका काम बाहेक देशमा अरु कुनै काम सुरु समेत हुन नसकेको बताउनु भयो । रुपन्देही क्षेत्र न १ अन्तरगत ओमसतिया ३ र ५ वडाको घरदैलो कार्यक्रममा उहाले आम जनताका समस्या समाधानका लागी एमालेले देशै भरिबाट जित्नु पर्ने बताउनु भएको हो । उहाले आफु अझ एक कार्यकाल जनताका समस्या समाधान र जनताका कामका लागी चुनावमा होमीएको भन्दै मतदाताहरु आफुलाई हौसला मिलेको दाबि गर्नु भयो ।
घरदैलो कार्यक्रमका अवशरमा रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार दधिराम न्यौपानेले सबैलाई रोजगारीका लागी आफुले काम गर्ने भन्दै आफुलाई मत दिन ओमसतिया बासीलाई आग्रह गर्नु भएको छ ।
उम्मेद्धार न्यौपानेले सत्तागठबन्धन काले काले मिलेर खाउँ भाले जस्तै भएको भन्दै बिकाश र स्थायी सरकारको लागी आफुलाई मतदान गर्न आग्रह गनु भयो ।
सो अवशरमा रुपन्देही ओमसतिया ३ र ५ का आम मतदाताले हिजो एमाले सरकार सुरु गरेका योजना सम्पन्न गर्न , असाहय , वृद्धहरुको सहाराको लागी सुर्य चिन्नमा नै मतदान गर्ने बिस्वास दिलाएका उहाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्