रुपन्देही ५ का मतदाताप्रति बासुदेवको कृतज्ञता र आभार


appharu

४ मंसिर २०७९, आईतवार १९:५९ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देही ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका बासुदेव घिमिरेले मतदातासहित सरोकारवाला सबैप्रति आभार र कृतज्ञता प्रकट गरेका छन् ।
मतदान सकिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिमिरेले आभार र कृतज्ञता ज्ञापन गरेका हुन् । तिलोत्तमा नगरपालिकाको प्रथम मेयर हुंदा लोकप्रिय कामहरु गरेर राष्ट्रियस्तरमा चर्चा कमाएका घिमिरे पहिलोपटक सांसद उम्मेदवार बनेर तीनपटक चुनाव जितेका सत्ता गठबन्धनका भरत शाहलाई कडा टक्कर दिएका छन् । प्रारम्भिक मत सर्भेक्षणले घिमिरे जितको नजिक रहेको देखाएको छ ।
यस्तो छ उनको भनाई :
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन—२०७९ को क्रममा २०७९ मंसिर ४ गते भएको मतदानमा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं। ५ को प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार म बासुदेव घिमिरेसहित प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुका साथैं समानुपातिक तर्फ हाम्रो गौरवशाली पार्टी नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गर्नुहुने सम्पूर्ण मतदाता आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुको साथैं निर्वाचनमा निरन्तर खटिनुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सम्बद्ध सबैप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।

प्रतिक्रिया दिनुहोस्