मुस्ताङमा कांग्रेसका योगेशको जित निश्चित


appharu

५ मंसिर २०७९, सोमबार ११:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीको जित निश्चित देखिएको छ । १ हजार ४१० मत गन्न बाँकी छंदा एमालेका उम्मेदवार भन्दा कांग्रेसका थकाली ६३५ मतले अगाडि छन् ।

७ हजार २३० मत खसेको मुस्ताङमा ५ हजार ८२० मत गन्दा थकालीले ३ हजार १५६ मत पाएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्