देउवा सातौंपटक निर्वाचित, सागर ढकाल आधा मतले हारे


appharu

७ मंसिर २०७९, बुधबार ०८:११ मा प्रकाशित

पालिकापत्र, बुटवल । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ साल देखी निरन्तर जित्दै आएका देउवा अहिले पनि निर्वाचित भएका हुन् । सम्पन्न मतगणना अनुसार २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित हुंदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् । सागर ढकालले देउवालाई चुनौति दिने आंकलन गरिएपनि उनी देउवा भन्दा आधा कम मतले पछि परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्