लुम्बिनीमा ३०० बेडको अस्पताल बनाउन वैठक,ढिला नगर्न सांसद घिमिरेको आग्रह


appharu

19 December, 2022 8:16 am मा प्रकाशित

पालिकापत्र,बुटवल । लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्ने सम्बन्धमा काठमाडौंमा वैठक बसेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकास विभाग र लुम्बिनी विकास कोषका पदाधिकारीहरु सम्मिलत बैठक आइतबार काठमाडौंमा बसेको हो । महिला तथा बालबालिकाको उपचारलाई प्राथमिकता दिनेगरी आठ बिगाहा बढी क्षेत्रफलमा तीन सय बेडको अस्पताल बनाउने योजना छ । बैठकले अस्पतालको डिपिआर बनाउने, अस्पतालको लागि छुट्टाइएको जग्गा तारबार गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले आफूले निर्वाचनका बेला पनि लुम्बिनीमा सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिवद्धता व्यक्त गरेको उल्लेख गर्दै अस्पताल निर्माणको लागि आवश्यक प्रक्रिया छिटो अघि बढाउन आग्रह गर्दै त्यसको समन्वय गर्न आफू सधैं क्रियाशील रहने बताए । अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सुविधासम्पन्न अस्पताल नहुंदा स्थानीय र पर्यटकहरु गम्भीर विरामी हुंदा भारत वा भैरहवा,बुटवल वा काठमाडौं जानुपर्ने वाध्यता वर्षौंदेखि झेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्