‘नेपालको जय होस्’ गीतको छायांकन शुरु


appharu

१५ पुष २०७९, शुक्रबार २०:५९ मा प्रकाशित

पालिकापत्र, बुटवल । स्वतन्त्र नागरिक समूह नेपालको प्रस्तुतिमा देशभक्ति र अनुशासनको सन्देश दिने ‘नेपालको जय होस्’ बोलको गीतको म्युजिक भिडियोको शुटिङ शुरु भएको छ ।

शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ धाम मन्दिरमा म्युजिक भिडियोको शुभ मुहुर्त गरी छायाकंन शुभारम्भ गरेको समूहका अध्यक्ष विश्वराज गैह्रेले बताए ।

राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावनालाई नेपाली जनसमुदायमाथि प्रस्तुत गरी राष्ट्रको राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने देशभक्ति आन्दोलनको सवालमा एउटा इट्टा थप्न सक्ने विश्वाससहित म्युजिक भिडियो बनाउन लागिएको स्वतन्त्र नागरिक समूह नेपालका अध्क्षय विश्वराज गैह्रेले जानकारी गराए ।

उक्त गीतको शुक्रबार नै तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराए ।

त्यस्तै यही पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा पनि छायाकंन गरिने छ ।

नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको भने निर्देशक शिव ढकालको निर्देशन रहेको छ ।

६ मिनेट २० सेकेन्डको म्युजिक भिडियोको गीतको शब्द, संगीत र रचना गायक अनिल पहाडीको सहयोगमा स्वतन्त्र नागरिक समूह नेपालको रहेको समूहका अध्यक्ष गैह्रेले बताए ।

म्युजिक भिडियोमा बुटवल क्षेत्रकै कलाकारहरु रजनी श्रेष्ठ,पुनम थापा,जहान राना,रोहन पहाडी,समना अर्याल लगायतको मुख्य अभिनय रहेको छ भने कुल २५ जना कलाकारको अभिनय देख्न सकिनेछ ।
गीतमा २ हजार नेपाली झण्डा प्रयोग भएका र ती झण्डा समाजसेवी नगेन्द्र कार्कीले प्रायोजन गरेका समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्