बाणगंगाको नवजागृति सामुदायिक वनको अध्यक्षमा हेमनाथ पौडेल निर्वाचित


पालिका पत्र

१५ फाल्गुन २०७९, सोमबार १७:१० मा प्रकाशित

कपिलवस्तु, १५ फागुन ।

कपिलवस्तुको बाणगंगा वडा न.२ मा रहेको नवजागृति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा हेमनाथ पौडेल निर्वाचीत भएका छन् । वनको १३ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बाट पौडेल निर्वाचीत भएका हुन् । आईतवार वनको कार्यलयमा भएको निर्वाचनमा निर्वतमान अध्यक्ष पदमलाल अधिकारी र हेमनाथ पौडेल विच निर्वाचन भएको थियो । अन्य पदाधिकारी हरु सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष समेत रहेका अधिकारीले ४४ मत ल्याउदा अध्यक्षमा निर्वाचीत पौडेलले ५८ मत प्राप्त गरेर विजयी भएका हुन् । १ सय ५ जना उपभोक्ता रहेको वनमा १ सय ४ जनाले मतदान गरेका थिए २ मत बदर भएको हो ।

पौडेलको नेतृत्वमा ११ सदस्यिय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा तिलक बहादुर पहराई, सचिवमा तुलसी राना, सह सचिवमा डासुराम बेल्बासे, कोषध्यक्षमा संगिता राना, निर्विरोध निर्वाचीत भएका छन् ।

त्यस्तै सदस्यहमा सुर्य थापा, किरण सिंह राना, तुलसा घिमिरे, विष्णु राना, जुना दगामि, हेमा कुमारी थापा चयन भएको निर्वाचन अधिकृत हरि प्रसाद अधिकारीले बताए ।

निर्वाचन पछि निर्वाचन अधिकृत अधिकारीले कार्य समितीका पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको हो । निर्वचन मण्डलको सदस्यहरुमा टार्मजन राना र विष्णु ज्ञवाली रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्