रवि लामिछाने र स्वर्णिम वाग्लेको शपथ आज


पालिका पत्र

१५ बैशाख २०८०, शुक्रबार ११:११ मा प्रकाशित

काठमाडौं : उपनिर्वाचनबाट चुनिएका दुई प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदैछ।

चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेको संघीय संसदका सहसचिव एकराम गिरीले जानकारी दिए।

उनीहरुलाई कानून न्याय तथा मानवअधिकारको हलमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन्।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादव काठमाडौं बाहिर भएकोले आज शपथ नहुने गिरीले बताए।

चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन्।

यसैगरी तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि कांग्रेस त्यागेर रास्वपामा गएका अर्थविद वाग्ले चुनिए।

प्रतिक्रिया दिनुहोस्