‘उजुरी परेकै आधारमा पालिका सुशासन कायम गर्नमा असक्षम भयो भन्ने हुदैन्’


पालिका पत्र

१७ बैशाख २०८०, आईतवार १९:३३ मा प्रकाशित


कपिलवस्तु, १७ वैशाख ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले सुशासनका लागि सरकार र नागरिकको दुरी कम गर्न आवश्यक रहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको सुशासनका लागि साक्षरता कार्यक्रममा उनले यस्तो बताएका हुन । मेयर पौडेलले जब सम्म तिनै तहको सरकार र नागरिकको सम्बन्ध नजिक हुँदौन तव सम्म सुशासनको बाटो फाराकिलो नहुने उनले बताए ।
मेयर पौडेलले कार्यक्रममा सहभागिबाट आएका विभिन्न कुराको संम्बोधन गर्दै भने “हाम्रो कपिलवस्तु जिल्लामा अख्तियारमा उजुरी दिनेको कमि छैन, बुझ्दै नबुझि उजुरी पर्दैमा स्थानीय तह सुशासन कायम गर्न असक्षम भएको प्रमाणित हुँदौन ।” ‘उजुरी परेकै आधारमा पालिका सुशासन कायम गर्नमा असक्षम भयो भन्ने हुदैन् ।’


मेयर पौडेलले जनमुखि सुशासन कायमका लागि आफु लागिरहेको बताउँदौ कपिलवस्तु नगरपालिकाका सरकारी विद्यालयले कुनै पनि बाहनामा अनावश्यक शुल्क लिन नपाउने निर्णय गरेर कार्यान्वयको चरणमा रहेको बताए । उनले आर्थिक बर्ष २०७९/८० मा नगरपालिकाले ८९ लाख रुपैयाँ विद्यालयलाई अनुदान दिएको बताए ।


उनले हरेक निकायमा सुशासन कायम भयो भने सर्वागिङ्ग विकास हुनेमा जोड दिए । पौडेलले भएको स्रोत साधनलाई सही रुपले सदुपयोग हुन नसकेको र नागरिक पनि पूर्ण सचेत नभएका कारण सुशासन कार्यान्यन फितलो देखिएको उनले जिकिर गरे । सुशासनका निम्ति सबै पक्षहरु सजक र सचेत भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।


यस्तै कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जिल्लामा सुशासन कायम गर्दौ नागरीकको शुरक्षाको प्रत्याभूति दिन आफु प्रयासरत रहेको बताए । उनले जिल्ला प्रशासन कार्यलयले नागरीकले राहदानिका लागि चर्को शुल्क तिरी भर्दै आएको थाहा पाउना साथ विद्युतीय राहदानीको अनलाईन फाराम कार्यालयबाट नै भर्ने व्यवस्था मिलाएको जानकारि दिए ।


उनले सार्वजनिक विदाका दिन पनि जिल्ला प्रशासन कार्यालय खुल्ला गरेर नागरिकलाई सुशासनको प्रत्याभूमि दिलाउन लागिपरेको बताए । उनले पत्रकारले नकारात्मक समाचारलाई प्राथमिकता दिएर लेख्ने गरेको तर सकारात्मक समाचारहरु कम सम्प्रेषण गर्ने गरेकोमा असन्तुष्टि जनाए । उनले नेपालको भविष्य वन जंगल, नदीनाला र जमिनमा रहेको प्रष्ट्याए ।


‘विकास, समृद्धि र सुशासनका लागि हाम्रो अभियान’ भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेशका १२ वटै जिलामा सुशासनका लागि साक्षरता कार्यक्रम गुल्मीबाट सुभारम्भ गरिएको कार्यक्रम कपिलवस्तु सम्म आएको रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले बताए । लुम्बिनी प्रदेशका जिल्लामा सुशासनको अवस्थाका विषयमा साक्षरता प्रदान गर्दै समृद्धि र विकासका निम्ति हातोमालो गरेर जान तयार रहेको अध्यक्ष क्षेत्रीले बताए ।


कार्यक्रममा सहभागीहरुले जिल्लाका स्थानीय तहमा देखिएका बेरुजुका विषयमा प्रश्न गरेका थिए । त्यस्तै उनिहरुले कपिलवस्तुका जनताले सुशासनको प्रत्याभूति गर्न नसकेको बताएका थिए । सुशासन कायम गर्न स्थानीय तहका जनप्रतिनिधिसंगै अन्य सरोकारवालाहरु निकायहरु थप जिम्मेवार बन्न आवश्यक रहेको उनीहरुको भनाई छ । आईतवार बाणगंगाको पिस हिमालयन रिर्साेटमा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरु टिक्न नसक्नुको कारण नदि रहेकोमा चर्चा भएको थियो ।


सुशासनका लागि साक्षरता कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोग रहेको थियो । कार्यक्रममा जनप्रतिनिधी भन्दा कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्