शितगंगाकाे ढुंगेसेरा र बाँकेमा पहिलो पटक बिजुली बल्यो


पालिका पत्र

११ जेष्ठ २०८०, बिहीबार १५:५३ मा प्रकाशित

अराज बेल्बासे, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ ढुंगेशेरा र बाँके गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा विद्युत् लाइन विस्तार भइ अहिले बिजुली बलेको हो । वडा नं. ११ को वडा कार्यालय समेत भएको खयरबट्टी लगायतका स्थानमा केही बर्ष अघि मात्रै बिजुली पुगेको थियो ।

ढुंसेसेरामा ट्रान्सफर्मर जोडिएको केही समय पछि विद्युत् बाल्ने सपना पुरा भएको तर अझै बिद्युत मिटर आउन बाँकी रहेकाले केही घरहरु बाँकी रहेकोे वडा नम्बर ११ का अध्यक्ष नवराज भुसालले बताए । बाँके ढोडेनी क्षेत्रको ४० घरमा बिजुली बलिसकेको छ भने अझै करिव ४५ घरधुरीमा ट्रान्समिटर जडानको तयारी रहेको छ ।

ढुङगेसेरामा समेत हाल सम्म ६५ घरमा पहिलो पटक विद्युत् पुगेको छ भने बाँकी घरमा मिटर प्राप्तीको लागि वडाले पहल गरिरहेकोले छिटै जडान हुने कार्यपालिका सदस्य बोम बहादुर बिकले बताए । गाँउमा पोलमा तार बिछ्याउने काम सकिएको छ ।

गत बर्ष समेत खयरबट्टी लगायत क्षेत्रमा विद्युत् पु¥याउनको लागि स्थानीय शंकरपुर सामुदायिक वन उपभोक्ता समितिले समेत ४० लाख लगानी गरेको थियो ।

वडा नम्बर ११ का बिभिन्न स्थानमा विद्युत् लाइन विस्तार नहुँदा स्थानीयले नगरपालिकाबाट प्रदान गरिएको २० वाट क्षमताको सौर्य ऊर्जा सहयोग भएको छ । वडा नम्बर ११ निकै ठुलो भुगोल रहेका कारणले बिकासमा पछि परेको छ ।

वडा अध्यक्ष नबराज भुसालले लामो क्षेत्रमा फैलिएको वडाका जनताको सहजताको लागि बिभिन्न ३ स्थानमा गएर वडाको सेवा प्रदान गर्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्