सैनामैनामा यस्ता छन बजेट निर्माणका चरण

पाँचौ चरणमा छलफल हुदैं


पालिका पत्र

२२ जेष्ठ २०८०, सोमबार १९:२३ मा प्रकाशित



पालिका पत्र, जेठ २२ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी योजना निमार्ण कार्यलाईलाई तिव्रता दिएको छ । नगरले योजना निमार्ण गर्ने कार्यलाई उच्च प्राथमिकता राखी तत्कालीन र अल्पकालीन, मध्यकालीन र दिर्घकालीन भनि योजनाका प्राथमिकतालाई ध्यान दिई योजना तर्जुमा गर्न लागेको हो ।

नेपालको संविधान, कानुन र प्रचलन अनुसार जेठ १५ गते संघिय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते भित्र स्थानीय सरकारहरुबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट जारी हुनेछ ।


स्थानीय तहले वार्षिक बजेट निर्माण गर्दा स्थानीय वुद्धिजिवी, विषयविज्ञ, अनुभवि, पेशाविद्, महिला, बालबालिका, दलित, युवा, अपाङ्गता भएका व्यक्ति, वरिष्ठ नागरिक लागयत सरोकारवालाहरु संग परामर्श गरि बजेट ल्याईने सैनामैना नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले बताउनुभयो ।

प्रत्येक वडामा खुला क्षेत्र, प्रत्येक वडामा पार्क, उद्यान, कम्तीमा १५ शैयाको अस्पताल, शौचालय सहितको बसपार्क र यात्रु विश्रामस्थल, सामुदायिक भवन, सभाहल, बजार क्षेत्र, पशुबधशाला, शवदाह स्थल र खेल मैदान निर्माणका लागि ध्यान दिदैँ बजेट विनियोजन हुने प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनुभयो ।

सैनामैना नगरपालिका बजेट निर्माणको पाँचौ चरणमा प्रवेश गरेको छ । जस मध्ये विषयगत समितिमा छलफल र एकिकृत योजना तर्जुमा मा सैनामैना लागी रहेको छ ।

यस्तो छ बजेट निर्माणका चरणहरु

चरण १ः पूर्व योजना र बजेटको तयारी
श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आगामी आर्थिक वर्षको लागि व्ययको विस्तृत जानकारी तयार गर्ने ।

चरण २ः स्थानीय तहको श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण
यो चरण बैशाख १५ गते भित्र गर्नुपर्नेछ । संघिय र प्रदेश सरकारहरु बाट प्राप्त बजेट सिलिङ्ग, आन्तरीक आम्दानी, राजस्व बांडफांडबाट प्राप्त हुने रकम र वित्तीय समानिकरणबाट हुने आय, अन्तरिक ऋण र अन्य आयको सन्तुलित रूपरेखा र बजेट सीमा निर्धारण गर्ने ।

चरण ३ः वस्तीरटोल स्तरबाट योजना छनोट
यो चरण बैशाख मसान्त भित्र पुरा गर्नु पर्दछ । स्थानीय सरकारहरुले वडा कमिटीहरु र विषयगत इकाईहरु मार्फत बस्ती स्तरसम्मबजेट सिलिङ्ग पठाई वस्ती र टोल स्तरबाट योजनाहरुकोछनोट गर्नुपर्दछ ।

चरण ४ः वडा तहमा योजना छनोट तथा प्रथामिकरण
यो चरण जेष्ठ १५ भित्र गर्नुपर्दछ वार्ड स्थरियबाट आएका योजनाहरुलाई छनौट गरी पाँचवटा विषयगत क्षेत्रहरुमा प्राथमिकीकरण गर्नुपर्दछ ।

चरण ५ः विसयागत समितिमा छलफल र एकिकृत योजना तर्जुमा
यो चरण असर ५ गते भित्र पुरा गर्नुपर्दछ । बजेट तथा कार्यक्रम तर्जुमा समितिले वडाबाट आएका योजनाहरुको विषयगत क्षेत्र अनुसार वर्गिकरण र प्राथमिकता निर्धारण गरी एकीकृत योजना तर्जुमा समितिमा पठाउने ।

चरण ६ः कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गरी सभामा पेश गर्ने
यो चरण असर १० भित्र सम्पन्न गर्नुपर्दछ । बजेट तर्जुमा समितिले पेश गरेको स्थानीय तहको आर्थिक विद्येयक, वार्षिक नीति, बजेट र कार्यक्रम माथि छलफल र सुझाव सहित मस्यौदा प्रतिवेदन तयार गरी कार्यपालिका वैठकबाट सभा पेश गर्ने ।

चरण ७ः सभाको बैठकमा बजेट तथा कार्यक्रम स्वीकृति
स्थानीय तहले असर १० भित्र आफ्नो नीति, बजेट र कार्यक्रम सभामा प्रस्तुत गर्नुपर्दछ । सभाले आवश्यक छलफल र सुझाव सहित असर मसान्त भित्र बजेट र कार्यक्रमको स्वीकृत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्