रोल्पामा यातायात ब्यवस्थापन प्रभावकारी बनाइँदै


पालिका पत्र

२५ जेष्ठ २०८०, बिहीबार १०:१७ मा प्रकाशित

भरत विश्वकर्मा, जेठ २५ । रोल्पामा सार्वजनिक यातायात ब्यवस्थापनलाई प्रभावकारी बनाइने भएको छ । रोल्पाका ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधनको नियमन तथा सञ्चालनमा स्थानीय तह आफैँ क्रियाशिल बन्न थालेसँगै त्यस्को प्रभावकारिता बढ्दै जान थालेको हो ।

सार्वजनिक यातायातको नियमन तथा सञ्चालन लागि रोल्पाका ३ गाउँपालिकाले बृहत्तर छलफल मार्फत एकरुपता कायम गर्ने भएका छन् । सुनिलस्मृति, लुङ्ग्री र सुनछहरी गाउँपालिका भित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातको उचित ब्यवस्थापनका लागि आउँदो जेठ २७ गते सुनिलस्मृति गाउँपालिकामा जिल्लाका प्रमुख प्रतिनिधिहरुबीच छलफल गर्ने भएका हुन् ।

यी तीनवटै गाउँपालिका भित्रका ग्रामिण सडकहरुमा सञ्चालन भइरहेका सार्वजनिक यातायातहरुको नियमण तथा व्यवस्थापन गर्ने सन्दर्भमा सार्वजनिक यातायातको समग्र विषयमा तिन वटै गाउँपालिकाले छलफल गरिने सुनिलस्मृती गाउँपालिकाले जनाएको छ ।

३ वटै गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय रोल्पाको उपस्थितीमा छलफल हुने समेत जनाइएको छ । ग्रामीण यातायातलाई प्रभावकारी सञ्चालन र नियमनका लागि आयोजित छलफललाई महत्वका साथ हेरिएको सरोकारवाला बताउँछन् ।

यस क्षेत्रमा सञ्चालित यातायात व्यवसायी, सम्बन्धित सवारी धनी, सवारी चालक लगायतका सम्पुर्ण सरोकारवालाहरुलाई उक्त छलफलमा उपस्थितको लागी आग्रह गरिएको सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्