बाणगंगाको १ सय ६५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक : कृषि, शिक्षा, स्वास्थ्य तथा पुर्वाधारमा जोड

असार ८ गते बजेट ल्याउने तयारी


पालिका पत्र

२ असार २०८०, शनिबार १७:०३ मा प्रकाशित


पालिका पत्र, असार ०२ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले १ सय ६५ बुदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिकाको १३औँ नगर सभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शनिवार बाणगंगा नगरपालिका वडा न. ४ स्थित पिस हिमालयन रिर्सोटमा सम्पन्न नगर सभामा आर्थिक बर्ष २०८०/०८१ का लागी नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

नीति तथा कार्यक्रमा बोल्दै नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाका स्थानीय अर्थतन्त्रका प्रमुख अवयवहरुमा मुख्यतः कृषि, पर्यटन, वैदेशिक रोजगार, लघु, घरेलु उद्योग तथा व्यापार क्षेत्रलाई प्रबर्धन गर्न आवश्यक रहेको बताए । उनले नगरपालिका भित्र ठूला तथा मझौला औद्योगिक प्रतिष्ठानहरुको प्रयाप्त विकास भई नसकेको अवस्थामा हालका आर्थिक क्रियाकलापहरु बृद्धि उन्मुख अवस्थामा रहेको बताए ।

नगर प्रमुख अर्यालले आवधिक योजनाले परिकल्पना गरेको “कृषिको उत्पादन तथा उत्पादकत्वबुद्धि गरी खाद्य सुरक्षा, रोजगारी श्रृजना तथा जीवनस्तरमा सुधार ल्याउने दीर्घकालीन सोंच नगरले लिएको उनको भनाई छ । नगर प्रमुख अर्यालले नगरभित्र समस्याका रुपमा रहेका छाडा गाइवस्तु ब्यवस्थापनका लागीआवश्यक बजेट बिनियोजन गरी काम सञ्चालन गरिने बताए । उनले नगरको गौरवको आयोजना अन्र्तगत नगर चक्रपथलाई सम्पन्न गरी नगर बस सञ्चालन गरीने, बसपार्क निमार्ण, बुद्ध रगंशाला रमायादेवि रगंशालाको स्तर उन्नती गरीने बताए । नीति तथा कार्यक्रम बाणगंगा नगरपालिक प्रमुख चक्र अर्यालले प्रस्तुत गर्दै आएका प्रश्नको जवाफ दिएका थिए ।

यस्तै नगर उप–प्रमुख रिता कुमारी चौधरीले नगरपालिकाले विगत भन्दा फरक खालको महशुस जनतालाई हुने गरि नीति तथा कार्यक्रम ल्याईएको बताईन । उनले निति तथा कार्यक्रममा कृषि,शिक्षा, स्वास्थ्य तथा पुर्वाधारलाई प्राथमिकता दिइएको बताइन । उप–प्रमुख रिता चौधरीले बाणगंगा २ पिपरामा रहेको पिपरा अस्पतालमा बिशेषज्ञसहितको सेवा बिस्तार गर्ने साथै सोका लागी आवश्यक बजेट समेतब्यवस्थापन गर्दै बजेट छुट्टाउने निर्णय नगर सभाले गरेको जानकारी दिईन ।

पृथक खालको नीति तथा कार्यक्रम ल्याउने जनाएको बाणगंगाले यसपटक “सेवा को वरिपरि जनता होइन, जनताको वरीपरि सेवा” भन्ने नारा दिएको छ । नगरले सुशासनका क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्न यस्तो नारा अगाडि सारेको जनाएको छ ।
जसले बाणगंगाका वडा तथा टोल/टोलमा आवश्यक सबै किसिमका घुम्ती शिविरहरु सञ्चालन गर्ने छ ।

नगरपालिका मातहतका निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट नगरबासीमा आफ्नोपनको महशुस गराउन भुमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । उनले नागरिकको कामछिटो छरितो होस भन्नका लागी यस कार्यक्रमलाई अवको निति तथा कार्यक्रममा राखीएको जानकारी दिए ।

नगरपालिकाले बिशेष गरेर भौतीक पुर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि, रोजगारी, पर्यटन तथा खेलकुदका क्षेत्रलाई प्राथमिकता दिदै आर्थिक, सामाजिक, बन तथा वातावरण, पुर्वाधार र सस्थांगत सुशासनका बिषयमा केन्द्रित रहेर निति तथा कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । निति तथा कार्यक्रम शनिवार पारित गरेको बाणगंगा नगरपालिकाले असार ८ गते बजेट ल्याउने तयारी समेत गरिको छ ।

पुर्णपाठ अध्ययनका लागिः

प्रतिक्रिया दिनुहोस्