मेयरको चुनावमा कुकुर पनि उम्मेदवार


पालिका पत्र

११ असार २०८०, सोमबार १९:२९ मा प्रकाशित



क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् ।

मोलीको तर्फबाट मालिक टप्सीले चुनाव जितेमा सस्तो आवाज, ठूला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयहरू तताउनका लागि प्रयोग गरिने जिवाश्मा इन्धन प्रणालीमा प्रतिबन्धलगायतका प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्