बाणगंगा नदिमा डुबेर एकजनाको मृत्यु


पालिका पत्र

२० असार २०८०, बुधबार १८:२१ मा प्रकाशित


कपिलवस्तु, असार २० ।
कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

नदिले बाढीमा बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा उनलाई खोलाले बगाएको स्थानीय व्यक्तिहरुको भनाइलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जर्लैया घाटमा दाउरा जम्मा गर्ने क्रममा डुबेका लोधलाई स्थानीयले उद्धार गरेका भए पनि उनको मृत्यु भइसकेको थियो ।

उनको शव घटना स्थलभन्दा झण्डै एक किलोमिटर टाढा फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमाका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्