विजयनगर गाउँपालिकाले दियो भत्किएको पिसिसिको रकम घटाएर भुक्तानी


पालिका पत्र

२७ असार २०८०, बुधबार १७:४९ मा प्रकाशित

फोटो क्याप्सनः विजयनगर गाउँपालिकाको देविपुर डालपुर जोड्ने कल्र्भट सँगै भत्किएको पिसिसि ।

कपिलवस्तु, असार २७ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण सम्पन्न पछि भत्किएको पिसिसी ढलानको रकम कट्टा गरेको छ । उपभोक्ता समिति मार्फत देविपुर र डालपुर जोडने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुवै छेउ पिसिसि गर्नका लागि पालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो । निर्माण गरेको पिसिसि भत्किए पछि पालिकाले मुल्यांकन गरी २ लाख ६४ हजार ६२५ भुक्तानी दिएको बताइएको छ ।

सामाजिक संजाल र मिडियामा मिथ्या सुचना फैलिएको छ । तर गाउँपालिकाले विग्रीएको कामको रकम कट्टा गरेको छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनु भयो । सो सडक गाउँपालिकाको वडा नम्बर ५ मा देविपुर कृषि सडकमा अन्र्तगत निर्माण गरिएको थियो । कल्भर्टको स्ल्याव निर्माण र पिसिसि ढलान गरिएको थियो ।

वडाको करिव आधा दर्जन वस्तीका बालबालिकालाई विद्यालय सम्म पुग्ने बाटोमा कल्भर्ट नहुँदा सास्ती खेप्दै आएका स्थानीय कृष्ण पौडेलले बताउनु भयो । वर्षातको समयमा स्थानीय र स्कुले विद्यार्थीहरु फड्के बाट आउजाउ गर्नु पर्ने बाध्यता रहेको थियो । खोलाको दुवै छेउमा वाल निर्माण भए पनि स्ल्याव निर्माण भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्