बाणगंगामा खुर्पा प्रहारबाट एक घाईते


पालिका पत्र

१ श्रावण २०८०, सोमबार २०:०३ मा प्रकाशित


बाणगंगा, साउन ०१ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा बावुले खुर्पा प्रहार गर्दा छोरा घाईते भएका छन् । घरायसी विबादका कारण बल बहादुर परियारले छोरालाई खुर्पाले हानेर घाईते वनाएका हुन् ।

घाईते बर्ष २६ को भुवन परियारलाई उपचारकालागि बुटवल लगिएको ईलाका प्रहरी कार्यालय पिपराका सई हरि विष्टले जनकारी दिए । उनको बुटवल साझा अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

शुक्रवार साँझ करिब ६ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । बाबु बल बहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्