कृष्णनगर नगरपालिकाले हटाउन थाल्यो सडक र फुटपाथको अतिक्रमण


पालिका पत्र

१४ श्रावण २०८०, आईतवार १९:२० मा प्रकाशित

कृष्णनगर, साउन १४ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काम पालिकाले हटाउने तयारी गरेको हो ।

नगर प्रहरीले अतिक्रमण हटाउन लाग्दा अटेरी गरेपछि सूचना निकालेर खाली गराउन लागेको नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो । शुक्रबार पालिकाले अतिक्रमण खाली गराउन सात दिने सूचना जारी गरेको छ । पालिकाको मुख्य व्यापारिक क्षेत्र कृष्णनगर र बहादुरगञ्जमा व्यापारीहरूले सडक तथा फुटपाथ अतिक्रमण गरी व्यवसाय गर्दै आएका छन् ।

पालिकाले सवारी साधन जथाभाबी पार्किङ गर्न बन्देज लगाइएको छ । पालिकाले तोकेको स्थल बाहेक अन्य स्थानमा पार्किङ गरेमा कारबाही गर्ने बताएको छ । सूचनामा मासु पसलहरू जाली लगाएर ढाक्ने, अनिवार्य फ्रिजरको व्यवस्था गर्ने सबै पसल अनिवार्य दर्ता गर्ने, पसलले डस्टबिनको अनिवार्य व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्