विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र परिसरमा वृक्षारोपण


पालिका पत्र

१५ श्रावण २०८०, सोमबार १६:११ मा प्रकाशित

कपिलवस्तु, साउन १५ ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र सहितका युनिटमा बृहत वृक्षारोपण गरिएको छ । प्राधिकरणको ३८ औँ वार्षिक उत्सवको अवसर पारेर देशैभर बृहत् वृक्षारोपण गरिएको हो । सो अवसरमा प्राधिकरणको तौलिहवा वितरण केन्द्रको परिसर, जितपुर फ्युज सेवाको परिसर, लबनी शब स्टेसनको परिसर र घनचौरा शब स्टेसन परिसरमा १ सय ५० बिरुवा रोपिएको हो ।

जिल्लाका सबै युनिटमा आँप, कागती, श्रीस र फुलहरुको बिरुवा रोपिएको हो । कपिलवस्तु वितरण केन्द्र सहित देशभरका आयोजना, उत्पादन केन्द्र, ग्रिड हाउस लगायतका सबै युनिटमा वार्षिक उत्सवको अवसर पारेर एकै दिन बृहत् वृक्षारोपण गर्न थालिएको प्राधिकरणका तौलिहवा वितरण केन्द्र प्रमुख ईन्जिनियर राजेश कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्