सुजुकीले बजारमा ल्यायो जिम्नी र फ्रोन्क्स, बाणगंगाको बैरीयामा अनावरण


पालिका पत्र

२२ श्रावण २०८०, सोमबार १७:०६ मा प्रकाशित


बाणगंग, साउन २२ ।
सुजुकीका सवारीसाधनको यस क्षेत्रको आधिकारिक बिक्रेता सगरमाथा अटो मोवाईल्स प्रा.लि.बैरीयाले सुजुकीका दुई एसयुभी जिम्नी र फ्रोन्क्स बिक्री बितरण सुरु गरेको छ । सुजुकीका देशभरका सबै शोरुमहरूमा आज सोमवाबाट जिम्नी र फ्रोन्क्स अनावरण गरिएको कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरकहरुले असार २९ गतेदेखि एसयुभीहरू बुकिङ खुला गरेका थिए ।


यता कपिलवस्तुको बाणगंगा बैरीयामा पनि कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे तथा सगरमाथा अटो मोवाईल्स प्रा.लि.बैरीयाका प्रवन्धक श्याम बस्नेतले एकैसाथ दुवै गाडिको अनावरण गरेका थिए । अनावरण पछि संघका अध्यक्ष डोलकराम घिमिरेले बजारमा आएका सुजुकि ब्राण्डका गाडिको व्यवसायमा आफुहरुले बजारीकरणमा सहयोग गर्ने बताए । उनले भने “यस क्षेत्रका व्यवसायि प्रबद्र्धन गर्नु संघको दाईत्व हो ।”


सुजुकी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । बितरकहरुका अनुसार सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो । जुन जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । भने पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू रहेको कम्पनीको दाबी छ ।


नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयुभी हो । ‘द फेस अफ न्यू एसयुभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरूले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने सगरमाथा अटो मोवाईल्स प्रा.लि.बैरीयाका प्रवन्धक श्याम बस्नेतले बताए । ‘प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास गरिएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्