कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमीको शत प्रतिशत नतिजा


३१ श्रावण २०८०, बुधबार १९:०४ मा प्रकाशित

पालिकापत्र,बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमी रुपन्देहीले सत प्रतिशत नतिजा सहित उत्कृष्टता हासिल गरेको छ । विज्ञान र व्यवस्थापन संकाय गरी २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १५ जना विद्यार्थीले ३.२१ भन्दा माथि जिपिए प्राप्त गरेका छन भने ६ जना विद्यार्थीले २.८१ देखि ३.२० र १ जना विद्यार्थीले २.७८ जिपिए ल्याएको नमस्ते एकेडेमीका प्लस टु संयोजक महेश पौडेलले जानकारी दिए ।

ब्रिटिस कलेज काठमाडौ र युकेकोे व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमीले पहिलो वर्षमै सत प्रतिशत नतिजा ल्याउन सफल भएको हुँदा यो नतिजा देशकै उत्कृष्ट भएको विद्यालयका प्राचार्य जिग्मे शेर्पाको दाबी छ । विद्यार्थी र शिक्षकको अथक मिहिनेत , अभिभावकको सचेतता र विद्यालयको कुशल व्यवस्थापनको कारण यो ऐतिहासिक नतिजा र गौरव प्राप्त भएको उनले बताए ।

परम्परागत शैक्षणिक विधिलाई चुनौती दिँदै नयाँ सोँच , चिन्तन र शैक्षणिक गतिविधिलाई अगाडि बढाएको नमस्ते एकेडेमी मोफसलको एक मात्र विद्यार्थी केन्द्रित शिक्षण गर्ने प्रगतिशील शैेक्षिक संस्था हो । कक्षा सञ्चालन गरेको पहिलो वर्षमानै सत प्रतिशत उत्कृट नतिजा ल्याउनुले मोफसल पनि कक्षा एघार बारको लागि शैक्षिक हब भएको प्रमाणित हुन्छ विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव दाबी गरे ।

नेपालमै अन्तराष्ट्रिय शिक्षा दिने लक्ष्यका साथ स्थापना गरिएको नमस्ते एकेडेमीले पहिलो वर्षमै सतप्रतिशत नतिजा दिनु रााष्ट्रकै गौरव हो । कक्षा ८ र कक्षा १० को वार्षिक परीक्षामा उत्कृष्टता हासिल गरेको नमस्तेले कक्षा १२ मा पहिलो प्रयासमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । पठन पाठनका साथ साथै विद्यार्थीलाई स्वदेशी र विदेशी शिक्षकबाट गीत , संगीत , स्विमिङ ,फुटसल , कराँते , बास्केटबल लगायत इनोभेसन तथा सृजनात्मक सीपका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

यस वर्ष आफ्नो कोटा अनुसार कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूहमा २५ / २५ जना विद्यार्थी भर्ना गरिएको र आगामी वर्षमा ए लेभलको तयारी अगाडि बढाइने ब्रिटिस एजुकेशन गु्रपका स्कुल हेड अरुण कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्