के हो कपिलवस्तुमा हुन लागेको जेसिआई विजेनेस एकेडेमी ? (भिडियो)


पालिका पत्र

१९ भाद्र २०८०, मंगलवार १९:०१ मा प्रकाशित


कपिलवस्तु, १९ भदौ ।

कपिलवस्तुमा ‘जेसिआई विजेनेस एकेडेमी २०२३’ कार्यक्रम सुरु हुदै छ । उक्त कार्यक्रम भदौ २० देखि २३ गतेसम्म जिल्लाको शिवराज नगरपालिका-२ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा चल्ने छ । सो कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गर्ने छ । ४ दिनसम्म चल्ने उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाई र सेनेटर मिलन गुरुङ आउने कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए ।

उनका अनुसार तीन जना प्रशिक्षकहरु नै अन्तरराष्ट्रिय स्तरका प्रशिक्षकहरु हुन् । अध्यक्ष घिमिरेले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहने बताए । कार्यक्रममा प्रशिक्षकको रुपमा रहने जेसिआई सिनेटर मिलन गुरुङले सहभागिहरुले कार्यक्रम पश्चात एक स्तरको छुट्टै पहिचान लिएर जाने दाबी गरे । जेसीजले हरेक काम फरक ढङ्गबाट गर्ने बताउँदै उनले भने ‘कार्यक्रममा सहभागीहरुको विजेनेस, उक्त क्षेत्रमा सामना गर्नुपरेको समस्या, अनुभव लगायतको बारेमा विश्लेषण गछौं ।’

भिडियो:

https://fb.watch/mSXWBy9Fda/

प्रतिक्रिया दिनुहोस्