बाणगङ्गामा ३३ पुरिया ब्राउन सुगर सहित मुख्य कारोबारी पक्राउ


पालिका पत्र

२ आश्विन २०८०, मंगलवार ०८:३४ मा प्रकाशित

कपिलवस्तु, असोज ०२ ।

कपिलवस्तुको बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न। ७ घेरुवा बनगाई चोक बाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पक्राउ पर्नेमा बाणगङ्गाकै मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री र आकास परियार रहेको प्रहरी कार्यालय पिपराले बताएको छ ।

सोमवार राति करिब १० बजे पक्राउ परेका चारजनालाई थुनामा राखिएको छ । मंगलबार म्याद थपका लागि तौलिहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

लागू औषधको ट्रान्जिट पोईन्ट मानिने बाणगङ्गामा पछिल्ला दिनमा प्रहरीले बिक्री वितरण तथा सेवन कर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । ३३ पुरिया ब्राउन सुगरको तौल १ ग्राम २९० मिली ग्राम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्