लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा सरोज खनाल नियुक्त


पालिका पत्र

५ आश्विन २०८०, शुक्रबार १९:१६ मा प्रकाशित

०५ असोज । 
लुम्बिनी प्रदेशको योजना आयोगले दुईजनालाई नियुक्त गरेको छ ।  प्रदेश सरकारले दुईजना सदस्य थप गरेपछि प्रदेशको योजना आयोगमा उपाध्यक्ष सहित ४ जना भएका छन्। १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन । 

प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली नियुक्त भएका छन् ।

प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा खनाललाई नियुक्त गरेको हो । भदौ २६ गतको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई नियुक्त गरेको हो । सरोज खनाल लगायत सुधन कुमार वलीको शुक्रवार सपथ ग्रहण गराइएको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

कपिलवस्तुका खनाल विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक विकससँग जोडिएर दशक वढी काम गरेका योग्य व्यक्ति हुन् । उनले तिन वटा विषयमा स्नातकोत्तर गरेका छन् । खनालले पूर्व कृषि मन्त्री चक्रपाणि खनालको प्रमुख स्वकीय सचिवको रुपमा समग्र कृषिको नीति निर्माता र आधुनिकीकरणमा रहेर काम गरेका थिए । लामो समय राजनीतिक क्षेत्रबाट सक्रिय रहेर समाजको योगदान गरेका खनालले कपिलवस्तु लगायत प्रदेशका दर्जन बढि संघ संस्था को नेतृत्व गरेका छन् । उनी लगायतका अन्य पदाधिकारीहरू चार वर्षको लागि नियुक्त भएका छन् ।

प्रदेशको दूरगामी सोच सहितको विकासको अवधारणा तयार गर्ने, सो का उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दीर्घकालीन र अल्पकालीन नीति, रणनीति तथा योजना तर्जुमा गर्ने कार्यहरू आयोगले गर्नेछ । त्यस्तै प्रदेश स्तरका महत्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने र सो को आधारमा प्राप्त सूचनाहरूको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह सुझाव र सहयोग प्रदान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा ४ जना सदस्य नियुक्त भएका छन् । अन्य १ जना महिला सदस्य नियुक्तिको प्रकियामा रहेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्