बाणगंगाका २ बालिका १८ दिन देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह


पालिका पत्र

१६ आश्विन २०८०, मंगलवार १७:११ मा प्रकाशित

बाणगंगा, असोज १६ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का २ बालिका बेपत्ता भएका छन । गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका २ बालिका बेपत्ता भएका हुन । बाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत उनीहरु विद्यालय जान्छु भनेर घर बाट हिडेको परिवारले जनाएको छ ।

बाणगंगा वडा नः २ राजपुर ताप्के निवासी मन बहादुर शाही ठकुरीकी १५ वर्षीय छोरी सिर्जना ठकुरी र बाणगंगा वडा नः १ उत्तमनगर निवासी प्रेम बहादुरी छहरीकी १५ वर्षीया छोरी विष्णु छहारी गत १८ दिनदेखि बेपत्ता भएका हुन ।

ति मध्ये १५ वर्षीय सिर्जना ठकुरी ४ फिट ३ इन्च जति रहेको बुवा मन बहादुरले उपकार अनलाइन सङ्ग बताउनु भएको छ । सिर्जनाको साथमा मोबाईल पनि रहेको तर फोन सम्पर्क भने हुन नसकेको उहाँले बताउनु भएको छ ।

प्रहरीमा पनि खबर गरेको तर लामो समय सम्म पनि छोरीहरुको खबर प्राप्त नभएको उनीहरुको परिवारले बताएको छ । थाहा भए सम्म आफुहरुले पनि खोजिरहेको तर केहि पत्ता लाग्न नसकेको भन्दै खोजिदिन दुबै परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्