चार वर्षको बच्चा छोडेर बाणगङ्गा मधुवनकी पुजा सम्पर्क विहीन


पालिका पत्र

१९ आश्विन २०८०, शुक्रबार १४:२३ मा प्रकाशित


कपिलवस्तु, असोज १९ ।
कपिलवस्तुको बाणगङ्गा वडा न. ८ मधुवनकी पुजा केईराला चेपाङ्ग सम्पर्क विहीन भएकी छन् । चार बर्षको बच्चा छोडेर उनी यहीँ १४ गते देखी सम्पर्क विहीन  भएको परिवारले जनाएको छ । पार्लरमा जान्छु भनेर घरबाट हिँडेकी उनी एकाएक सम्पर्क विहीन भएकी हुन । उनले ३ लाख भन्दा बढिको गरगहना रहेको र करिब ४५ हजार नगद बोकेर हिँडेको उनका बुबा रामचन्द्र कोईरालाले बताए । नगद र गरगहनाको लोभले उनलाई कसैले लगेर बन्धक बनाउन सक्ने भन्दै प्रहरीमा उजुरी दिएको कोईरालाले बताए ।

उनले  वर्ष २१ को गहुँ गोहोरो वर्णको ५ फुट ४ इन्च उचाइ भएको खैरो कपाल भएको हातमा नवीन लेखेको ट्याटु हानेको महिला कसैले देखेमा नजिकैको प्रहरी कार्यालय तथा परिवारमा सम्पर्क गरेर सहयोग गरिदिनु हुन अनुरोध गरेका छन् । कोईरालाले सम्पर्कका लागि ९८४७२०४३८८, ९८५७०५८९१० नम्बरमा खवर गरिदिन आग्रह गरेका छन् । उता इलाका प्रहरी कार्यालयले पुजाको खोजीकार्य जारी रहेको बताएको छ

प्रतिक्रिया दिनुहोस्