एक रुपैयाँ तिर्न नपर्ने, शून्य ब्याजदरको किस्ता बन्दीमा जुनसुकै कम्पनीका इलेक्ट्रोनिक समान पाइने

बैरियाको एल आर सप्लायर्समा लाग्यो दशैँ मेला


पालिका पत्र

२८ आश्विन २०८०, आईतवार १६:०८ मा प्रकाशित



कपिलवस्तु, २८ असोज । 
बाणगंगाको बैरियामा रहेको एल आर सप्लायर्समा शून्य ब्याजदरको किस्ता बन्दीमा दशैँ मेला सुरु भएको छ । हरेक इलेक्ट्रिक सामानको खरिदमा चाडपर्वलाई लक्षित गरेर यस्तो मेला लागेको हो । 


एल आर सप्लायर्समा जुनसुकै कम्पनीका पुराना इलेक्ट्रोनिक समान साटेर नयाँ समान सजिलै लैजान सकिने सञ्चालक जितेन्द्र घिमिरेले बताए । उनले कुनै पनि इलेक्ट्रिक सामानको खरिद गर्दा एकै पटक धेरै पैसा तिर्न पर्ने बाध्यताको अन्त्य एल आर सप्लायर्सले गरेको जानकारी दिए । 


उनका अनुसार एसी, फ्रिज, वासिङ मेसिन, टेलिभिजन लगायत अन्य सामान किन्दा एक रुपैयाँ तिर्नु नपर्ने र मासिक रुपमा किस्ता तिरे पुग्ने सेवाको विस्तार कपिलवस्तुमै पहिलो भएको बताए । 


चाडपर्वको समयमा प्राय सबैजसोले घरमा केही नयाँ बस्तु भित्राउने गर्दछन् । त्यसमाथि कतिपयलाई एक मुष्ट रकम तिर्नु पर्छ भन्ने मानसिकताले पनि आफूले चाहेको सामान खरिद गर्न अलमल हुने गर्दछ । यस्ता समस्या बाट छुटकारा पाउन तथा आफूले चाहेको सामान खरिद गर्न अब सजिलो हुने भएको छ । विगत एक दशक देखि एल आर सप्लायर्सले यस्ता चाडपर्व लक्षित विभिन्न अफरहरू ल्याँउदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्