वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेयर अर्यालको टिम र सरोज मल्लको टिम विजेता


पालिका पत्र

२८ आश्विन २०८०, आईतवार १९:२८ मा प्रकाशित


कपिलवस्तु, असोज २८ । 
वाणगङ्गामा भएको वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेयर चक्रपाणी अर्यालको टिम र सरोज मल्लको टिम प्रथम भएका छन् । बाणगङ्गा नगरपालिका वडा न. ४ मा रहेको नव प्रभात युवा क्लबद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा उनीहरू ११ / ११ टिम सँग प्रतिस्पर्धा गर्दै प्रथम भएका हुन् । यही असोज २६ गते देखी २८ गते आइतबार सम्म सञ्चालन भएको खेलमा  समुह ‘ए’ र समुह ‘बि’ गरि दुई समुहमा विभाजन गरेर खेल खेलाइएको थियो । 


आइतबार भएको फाइनल खेलमा समुह ‘ए’ मा सरोज मल्ल, प्रकाश सेनको टिम र शक्ति सिंह ठकुरी / लक्ष्मण थापाको टिम बिच खेल भएको थियो । जसमा सरोज मल्लको टिमले शक्ती सिंह ठकुरीको टिमलाई सोझो सेटमा हराएको थियो । लगातार २ सेट हात पार्दै समुह ‘ए’ मा सरोज मल्लको टिम प्रथम तथा शक्ती सिंह ठकुरीको टिम द्वितीय भएको छ । 


त्यस्तै समुह ‘बि’ मा बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्याल र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको टिम तथा व्यवसायी नरेश कुवंर र खुमानन्द घिमिरेको टिम विच प्रतिस्पर्धा भएको थियो । जसमा मेयर अर्यालको टिमले २ सेट हात पार्दै प्रथम भएको छ, व्यवसायी नरेश कुवंरको टिम द्वितीय भएको छ  ।   


ब्याडमिन्टनको समुह समुह ‘ए’ मा प्रथम हुनेले रु ७ हजार ५ सय तथा द्वितीय हुनेले रु ३ हजार ५ सय मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै समुह ‘बि’ मा प्रथम हुनेले रु ५ हजार तथा द्वितीय हुनेले रु ३ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरेको क्लबका अध्यक्ष मिलन चालिसेले जानकारी दिए । 


नव प्रभात युवा क्लबलाई विभिन्न सहयोगी संस्थाले सहयोग गरेका छन् । जसमा  वाणगङ्गा नगरपालिका  वड नम्बर ४ को कार्यालय, श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुह, राजापानी सामुदायिक वन उपभोक्ता समुह, एभरेष्ट बैंक लिमिटेड जितपुर, उपेन्द्र कुमार आचार्यले सहयोग गर्नु भएको क्लबले जनाएको छ । खेललाई विशेष सहयोगको रुपमा बाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल कभर्डहलमा इन्भर्टर जडानको लागी रु पचास हजार सहयोग गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस्