पाल्पाको रानीमहल नजिकै जिप दुर्घटना, ६ जनाको मृत्यु


पालिका पत्र

५ कार्तिक २०८०, आईतवार १८:५३ मा प्रकाशित

पाल्पा, कात्तिक ०५ । पाल्पाको तानसेन रानीमहल सडक खण्डको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बेलुका करिब ५ बजेको समयमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्