रुकुमपश्चिममा भूकम्पमा परी १० जनाको मृत्यु


पालिका पत्र

१८ कार्तिक २०८०, शनिबार ०१:२५ मा प्रकाशित

शुक्रबार राति गएको भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १० जनाको मृत्यु भएको छ ।

आठबिसकोटको वडा नं. ११ मा ७ जना र वडा नं. १२ मा ३ जना गरी कूल १० जनाको मृत्यु भएको उपमेयर धनकुमारी शाहीले जानकारी दिइन् ।

उनले भनिन्, ‘भूकम्पबाट यहाँ ठूलो क्षति भएको छ । ११ र १२ नम्बर वडामा गरी १० जनाको मृत्यु भएको छ । घाइतेको संख्या पनि धेरै छ । हामी सबै विवरण बुझ्दैछौं ।’

आज मध्यराति जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्