बाणगङ्गा माविमा १ करोडको अक्षयकोष: अध्यक्ष कुँवरले दिए १० लाख, ४ सय विद्यार्थीलाई पूर्ण छात्रवृति


पालिका पत्र

३ मंसिर २०८०, आईतवार २१:२७ मा प्रकाशित


कपिलवस्तु, मंसिर ०३ ।
कपिलवस्तुको बाणगङ्गा वडा न. ४ ठाकुरापुरमा रहेको बाणगङ्गा माध्यामिक विद्यालयले एक करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । विद्यालय व्यवस्थापन समिति र आजै गठन भएको सल्लाहकार समितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो । अक्षयकोषमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुवंरले रु १० लाख जम्मा गर्नु भएको हो । यस्तै एवं तवरले अक्षयकोषमा रकम जम्मा गरेर रु १ करोड पुर्याउने अध्यक्ष कुवंरले बताए ।


बाणगङ्गा माविमा आज आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको तस्रो बैठकले लेखा समितिलाई पूर्णता दिएको छ । यस्तै बैठकले नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा अत्तहर कमाल मुसलवान, टेक व. शाहि, गणेश क्षेत्री, दल व. कुवर, रामचन्द्र खनाल, वेद बहादुर नेपाली, इन्दिरा भट्टराई, खेमराज डुम्रे रहेका छन् ।


यस्तै बैठकले अक्षयकोष स्थापना तथा सञ्चालनका लागि कार्यविधि निर्माणका लागि टेक बहादुर शाहीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरूमा हरि पौडेल, दल बहादुर कुवँर, रमचन्द्र खनाल र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक राम प्रसाद भण्डारी रहनु भएको छ । अक्षयकोषको प्राप्त व्याज रकमबाट वार्षिक रुपमा ४ सय विद्यार्थीले पूर्ण छात्रवृति पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्