राप्तीमा गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १९:११ मा प्रकाशित

दाङ, मंसिर ११ । राप्ती गाउँपालिकाले सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण शिविर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सोमबारदेखि पालिकाको वडा नं.४ गोपीनाला स्थित पशु सेवा केन्द्रबाट सो सेवा सञ्चालनमा ल्याएको हो ।

राप्ती गाउँमापालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको संयुक्त आयोजना एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा शिविर शुरु भएको जनाइएको छ ।

उक्त शिविरमा रेविज विरुद्धको भ्याक्सिन समेत लगाइने गाउँपालिकाका पशु शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिएका छन् । शिविर आगामी मंसिर १६ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्