दोस्रो बुद्धभूमि महोत्सव आजदेखी मन्त्री आचार्यले उद्घाटन गर्ने


पालिका पत्र

१४ मंसिर २०८०, बिहीबार ०८:३९ मा प्रकाशित

कपिलवस्तु, मंसिर १४ । बुद्धभूमि नगरपालिकामा आजदेखि दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सव सुरु हुँदैछ । स्थानीय उतपादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उदेश्यले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको आयोजनामा हुने महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्री आचार्यले उद्घाटनका अवसरमा सम्बोधन पनि गर्ने छन् ।

उद्घाटन सत्रमा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतको सहभागिता हुने छ । त्यसअघि महोत्सवलाई सफल बनाउन विहान ११ बजेदेखि ईलाका प्रहरी कार्यलय गोरुसिंगेदेखि बाजागाजा, झाँकीसहितको वृहत् प्रभातफेरि निकाल्ने आयोजकले जनाएका छन् । दुई दर्जनबढी संघसंस्थाको सहभागितामा साँस्कृतिक झाँकी निकालिने महासचिव पदम ढकालले जानकारी दिए । महोत्सवको आगामी मंसिर २४ गते समापन हुनेछ । डान्स आइडल, स्थानीय र राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान लगायत महोत्सवका आकर्षण छन् ।

संघका अध्यक्ष लेखनाथ घर्तीका अनुसार महोत्सवमा करिब १ करोडको कारोबार हुने र ७० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्नेछन् । उनले उद्घाटनमा सबैलाई सहभागिताको लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्