तौलिहवा उद्योग बाणिज्य संघका पदाधिकारीहरुले लिए सपथ


पालिका पत्र

१८ मंसिर २०८०, सोमबार १९:४५ मा प्रकाशित

मंसिर १८ गते । तौलिहवा उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापना गरिएको छ । संघको ७ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई पदस्थापन गराइएको हो ।

विभिन्न १३ पदमा विजयी पदाधिकारी र सदस्यहरुलाई सोमबार संघको सभाहलमा पदस्थापना र पदभार ग्रहण गराईएको हो । निर्वाचन समितीका संयोजक राजु कुमार श्रीवास्तवले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन ।

नवनिर्वाचित अध्यक्ष गयादिन कुर्मी दिपु, बरिष्ठ उपाध्यक्ष संदीप श्रीवास्तव, उपाध्यक्ष अजय कशौधन, महासचिव देवेश जैसवाल, कोषाध्यक्ष बृजेश भटरा, सचिव बासुदेव बर्मा अजयले शपथ तथा पदभार ग्रहण गरेका हुन् ।

यस्तै महिला सदस्य सहित ६ जना सदस्यहरुलाई पनि शपथ ग्रहण तथा पदस्थापना गरिएको छ । सदस्यहरु प्रिती अग्रहरी, बृजबिहारी कुर्मी, पशुपति प्रसाद तेली, सुनिल कुमार कशौधन, देवेन्द्र गुप्ता, सुनिल पाठक, एशोसिएट सदस्य रामचन्द्र मुराउलाई पनि पदस्थापना गरिएको छ ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रीवास्तव, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर अलि मिया, तौलिहवा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सन्तोष कशौधन, गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर अलि मियाले मुलुकको अर्थतन्तन्त्रको सुदृढीकरणको लागि सरकारले निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुर्मीले सबैलाई समेटेर कार्ययोजना तयार गरी त्यसका आधारमा संघका गतिबिधिलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम निर्वाचन समितीका संयोजक श्रीवास्तवको अध्यक्षता र निर्वाचन अधिकृत प्रविण श्रीवास्तवको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्