छैठौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि कनकमुनिको पोल्टामा, छैठौंपटक नै प्रथम ।।


२२ मंसिर २०८०, शुक्रबार १९:१६ मा प्रकाशित

मंसिर २२ गते । कपिलवस्तु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कनकमूनि माध्यमिक बिद्यालय जगदीशपुरले जितेको छ । शुक्रबार तौलिहवामा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ६ रजत र २ कांस्य पदक सहित कनकमूनि माविले उपाधि जितेको हो । कनकमूनिले लगातार जितमा छक्का मारेको छ । प्रथम प्रतियोगितादेखि लगातार छैठौंपटकसम्म कनकमूनिले जीत आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

विभिन्न २२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, एथलेटिक्स विधामा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक हात पार्दै राष्ट्रिय मावि बिकुली द्वितीय र ३ स्वर्ण, ३ रजत र २ कांस्य पदक प्राप्त गर्दै वेस्ट प्वाइन्ट इंग्लिस् बोर्डिङ्ग स्कुल तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई क्रमशः रु. ३० हजार, २० हजार र १२ हजार पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । एथलेटिक्स छात्र तर्फ कनकमूनि माध्यमिक बिद्यालयका रेहान खानले ५ गोल्ड मेडल सहित उत्कृष्ट खेलाडी घोषित भए । यसैगरि एथलेटिक्स छात्रा तर्फ कनकमूनि माध्यमिक बिद्यालयकै सृष्टि अर्यालले ५ गोल्ड मेडल सहित उत्कृष्ट खेलाडी घोषित भएकी खेल संयोजक नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले बताए ।

यस्तै भलिबल प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय जनहित माबिका सोमनाथ अहिर उत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ भने धर्मभक्त माध्यमिक बिद्यालयका निलम भूज उत्कृष्ट खेलाडी घोषित भए ।

एथ्लेटिक्स तर्फ १५ सयमिटर छात्र दौड तर्फ कपिलवस्तु माबि तौलिहवाका दिलीप केवट प्रथम, कनकमुनि माबि जगदीशपुरका अमन चौधरी थारु द्धितीय र तौलेश्वरनाथ माबि तौलिहवाका रामेश्वर धोवी तृतीय भए । १५ सयमिटर छात्रा दौड तर्फ राष्ट्रिय माबि बिकुलीका मनिषा चौधरी प्रथम, कनकमुनि माबिका पुजा घर्ति द्धितीय र तौलेश्वरनाथ माबिका सुन्दरी यादव तृतीय भए ।

१०० मिटर छात्र दौडतर्फ कनकमुनि माबिका रेयान खान प्रथम, बुद्धपद्म माबिका राजु जैसवाल द्धितीय र कालिका जन माबि सौरहाका सलमान गद्दी तृतीय भए । सयमिटर छात्रा दौड तर्फ कनक मूनि माध्यमिक बिद्यालय जगदीशपुरका सरिता दुषाद प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका शारदा थारु द्धितीय र तौलेश्वर नाथ संस्कृत माध्यमिक बिद्यालय तौलिहवाका महिमा सिंह चौधरी तृतीय भएका छन् ।

२०० मिटर छात्र दौडतर्फ कनकमुनि माबिका रेयान खान प्रथम, बुद्ध पद्म माबिका राजु जैसवाल द्धितीय र वेष्ट प्वाइन्ट स्कुलका योगेश गुप्ता तृतीय भए । सोहि प्रतियोगिता अन्र्तगत छात्रातर्फ कनकमुनि माबिका सरिता दुसाद प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका शारदा थारु द्धितीय र राष्ट्रिय माबि बिकुलीका शिला थारु तृतीय भए ।

यस्तै, छात्रतर्फ ४०० मिटर दौडमा वेस्ट पोइन्ट स्कुलका अरुण यादव प्रथम, कनकमूनि माध्यमिक बिद्यालय जगदीशपुरका अमन चौधरी थारु द्धितिय र राष्ट्रिय माध्यमिक बिद्यालय बिकुलीका उमेश चौहान तृतिय भएका छन् । छात्रा तर्फ ४०० मिटर दौडमा कनकमूनि माध्यमिक बिद्यालयका सृष्टि अर्याल प्रथम, धर्मभक्त माध्यमिक बिद्यालय बभनीका बन्दना बरई द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालयका सुन्दरी यादव तृतिय भए ।

यता, छात्रतर्फ ८०० मिटर दौडमा पोइन्ट स्कुलका अरुण यादव प्रथम, कनकमूनि माध्यमिक बिद्यालय जगदीशपुरका बिजय थारु द्धितिय र कपिलवस्तु माध्यमिक बिद्यालय तौलिहवाका सुवास पासी तृतिय भए । छात्रा ८०० मिटर दौडतर्फ राष्ट्रिय माध्यमिक बिद्यालय बिकुलीका मनिषा चौधरी कुर्मी प्रथम, कनकमूनि माध्यमिक बिद्यालयका पुजा घर्ति द्धितिय र धर्मभक्त माध्यमिक बिद्यालय बभनीका रिमा रैदास तृतिय भए ।

३ हजार मिटर छात्रदौड तर्फ राष्ट्रिय माबि बिकुलीका बृजराम यादव प्रथम, कपिलवस्तु माबि तौलिहवाका दिलीप केवट द्धितीय र वेष्ट प्वाइन्ट बोर्डिङ्ग स्कुलका अरुण यादव तृतीय भए । सोहि प्रतियोेगितामा छात्रातर्फ राष्ट्रिय माबि बिकुलीका मनिषा चौधरी कुर्मी प्रथम, राष्ट्रिय जनहित माबि धर्मपनियाका बसन्ती यादव द्धितीय र तौलेश्वर नाथ माबिका सुन्दरी यादव तृतीय भए ।

यस्तै, छात्र ४*१०० मिटर रिले दौडमा कनकमूनि माध्यमिक बिद्यालय प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालय द्धितिय र कपिलवस्तु माध्यमिक बिद्यालय तृतिय भएका छन् । छात्रा ४*१०० मिटर रिले दौडमा कनकमूनि माध्यमिक बिद्यालय प्रथम, राष्ट्रिय माध्यमिक बिद्यालय बिकुली द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

यता, छात्र ४*४०० मिटर रिले दौड छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालय प्रथम, वेष्ट प्वाइन्ट स्कुल तौलिहवा द्धितीय र तौलेश्वरनाथ माबि तृतीय भए । छात्रा तर्फ पनि कनकमूनि माध्यमिक बिद्यालय प्रथम, राष्ट्रिय माध्यमिक बिद्यालय बिकुली द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

यता, ज्याब्लिङ थ्रो छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालयका करण यादव प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका सनी कुमार चाई द्धितिय र बुद्धपद्म माध्यमिक बिद्यालयका मोहम्मद समीर गद्दी तृतिय भएका छन् । छात्रा ज्याब्लिङ थ्रो तर्फ वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुलका शान्ति यादव प्रथम, कनकमूनि माध्यमिक बिद्यालयका सुस्मिता यादव द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालयका बर्षा श्रेष्ठ तृतिय हुन सफल भए ।

हाइजम्प छात्र तर्पmको खेलमा कनकमूनि माध्यमिक बिद्यालयका बिनय थारु प्रथम, तिलौराकोट माध्यमिक बिद्यालयका सुदिप केवट द्धितिय र राष्ट्रिय माध्यमिक बिद्यालय बिकुलीका कृष्ण थारु तृतिय भए । छात्रा हाइजम्प तर्फ कनकमूनि माध्यमिक बिद्यालयका सृष्टि अर्याल प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालयका बन्दना तेली द्धितिय र तौलेश्वर नाथ संस्कृत माध्यमिक बिद्यालयका साधना कहाँर तृतिय हुन सफल भए ।

सटफुट छात्र तर्पmको खेलमा बुद्धपद्म माध्यमिक बिद्यालयका राजु जयसवाल प्रथम, माध्यमिक बिद्यालय कुस्माका फरेधर राना द्धितिय र कनकमूनि माध्यमिक बिद्यालयका मौषम थारु तृतिय भए । छात्रा सटफुट तर्फ तौलेश्वरनाथ माध्यमिक बिद्यालयका बर्षा श्रेष्ठ प्रथम, वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुलका शान्ति यादव द्धितिय र कनकमूनि माध्यमिक बिद्यालयका निशा थारु तृतिय हुन सफल भए ।

त्रिपल जम्प छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालयका असरफ खाँ प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालयका रबि कुमार चमार द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालयका सुग्रीम नाउ तृतिय भए । त्रिपल जम्प छात्रातर्फ कनकमूनि माध्यमिक बिद्यालयका सृष्टि अर्याल प्रथम, तौलेश्वरनाथ माध्यमिक बिद्यालयका खुसी चौधरी द्धितिय र शितलाबक्स माध्यमिक बिद्यालय रेहराका कुसुम नाउ तृतिय भएका छन् ।

लङ्गजम्प छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालयका रेयान खान प्रथम, वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुलका अरुण यादव द्धितिय र बुद्धपद्म माध्यमिक बिद्यालयका रबि कुमार चमार तृतिय भए । लङ्गजम्प छात्रातर्फ तौलेश्वरनाथ माध्यमिक बिद्यालयका महिमासिंह चौधरी प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका शारदा थारु द्धितीय र तिलौराकोट माध्यमिक बिद्यालयका राधिका बिश्वकर्मा तृतीय हुन सफल भएका प्रतियोगिताका अफिसियल प्राविधिक राजु श्रेष्ठले बताए ।

भलिबल प्रतियोगिता तर्फ छात्र तर्फ राष्टिय जनहित माबि धर्मपनिया प्रथम, सिद्धार्थ स्कुल द्धितीय र तिलौराकोट माबि र हुदा मोडल माबि तौलिहवा तृतीय भएका छन् । छात्रा तर्फ भने तिलौराकोट माबि गोबरी प्रथम, धर्मभक्त माबि बभनी द्धितीय र बुद्धज्योती स्कुल र यशोधरा माबि तृतीय भएका छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, वडाध्यक्षहरु, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, लुम्बिनी बिकास कोषका पूर्वसदस्य राजेश ज्ञवाली, बिद्यालयका प्रधानाध्यापक, खेल शिक्षक लगायतले विजेता विद्यालय र पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन शिक्षक बिक्रान्त मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्