पुर्व प्रधानमन्त्री भट्टराई भन्छन्: भारतले नक्कली ‘कपिलवस्तु’ निर्माण गरेर बुद्धमार्गीमा भ्रम सिर्जना गर्यो


पालिका पत्र

३० मंसिर २०८०, शनिबार ०९:३२ मा प्रकाशित

मंसिर ३० गते । पुर्व प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले भारतले सीमापारी पिपराहवामा नक्कली कपिलवस्तु” निर्माण गरेर आम बुद्धमार्गी भक्तजन र पर्यटकहरूमा थप भ्रम सिर्जना गरेको बताएका छन् । उनले भारतले आफ्नो देशमा बनाएको नक्कली कपिलवस्तुलाई सही बनाउन बिभिन्न खाले बिवादीत गतिबिधि गरेको प्रति ईग्गीत कुनै देशको पनि नाम नलिएर ठुलो छिमेकी देशको छाती भने ठुलो हुन नसकेको बताए ।

नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष समेत रहेका उनले ऐतिहासिक स्थलको विकास र पर्यटन दुबैलाई जोडनु पर्ने बताए । यस्तै उनले लुम्बिनी भन्दा कपिलवस्तुले प्राथमिकता पाउनु पर्ने बताए । लुम्बिनी बुद्धको जन्मस्थल भए पनि कपिलवस्तु क्रिडास्थल, २९ बर्ष बिताएको ठाउ र १ सय ३६ वटा ऐतिहासिक स्थल भएकाले लुम्बिनी भन्दा पहिला कपिलवस्तुले प्राथमिकता पाउनु पर्ने बताए ।

कपिलवस्तु जिल्लाको बुहत्तर विकास र आर्थिक संबद्धिका लागि कपिलवस्तु नगरपालिका सहीत जिल्लाका १० पालिकाको समन्वय र सहकार्यमा कपिलवस्तु पर्यटन विकास समितिले कपिलवस्तु विकास कोष गठनका लागि तिलौराकोट दरबार क्षेत्रमा राखेको संकल्प प्रस्ताव कार्यक्रममा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।

बिश्व संपदा सुचीमा सुचीकृतका लागि प्रस्तावित तिलौराकोट देशकै गौरव गर्ने महत्वपुर्ण सम्पदा भएको उनले बताए । सबै हिसाबले हेर्दा कपिलवस्तु शाक्य गणराज्य र गौतम बुद्धले २९ बर्ष बिताएको ठाँउ भएकाले यसले आधार पाउने ठाँउ भएकाले लुम्बिनी विकास कोषमा आउने हिस्सा पनि कपिलवस्तुलाई बढी दिनु पर्ने बताए । तिलौराकोट ओझेलमा पर्नु र विकास नुहुनमा ऐतिहासिक गल्ती भएको भन्दै उहाले यो गल्तीलाई राज्यले सच्चाउनु पर्ने बताए ।

उनले कपिलवस्तुको विकासका लागि आफुले लागे पुगे सम्म प्रतिबद्ध रहने र सदनमा जोडदार कुरा राख्ने बताए ।
जनताको अधिकार पहिचान तथा सुख र संबृद्धिका लागि संघीयता उत्कृष्ठ शासन ब्यवस्था रहेको बताए । अहिले बिभिन्न बाहानामा प्रदेश चाहिदैन भन्ने आवाज उठेकोमा सबै सचेत रहन आग्रह गरे । उनले उनले संघीयता लोकतन्त्र र विकास जोडिएको बिषय भएको बताए ।

कार्यक्रममा बरिष्ठ मानव अधिकारर्मी र बुद्ध शिक्षा सम्बन्धी ज्ञाता रामअचल यादवले तिलौराकोट बिश्व संपदा सचीमा सुचीकृतका लगि अन्तिम तयारी गरी रहेको बेला भारतले बिभिन्न षडयन्त्र गरीरहेको भन्दै त्यस प्रति सचेत हुनु पर्ने बताए ।

संबिधान सभा सदस्य एवं पुर्व सांसद शान्ति देबी हरिजन, पूर्वमन्त्री बृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम, शुद्धोदन गाउँपालिकाका प्रमुख कमलेश शरण चौधरी, बिजयनगर गाउँपालिका प्रमुख गोपाल थापा लगायतले कपिलवस्तुको विकासका लागि छुट्टै कपिलवस्तु विकास कोष गठन गर्नु पर्ने माग गरे ।

समितिका अध्यक्ष हरिशचन्द्र खनालको अध्यक्षता, बसन्त बन्जाडेको संचालन र रबि ठाकुरको स्वागतमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्