यी चार  प्रतिस्पर्धी जसले उचाल्नेछन् १२ औं कपिलवस्तु डान्स आइडलको उपाधि


पालिका पत्र

१ पुष २०८०, आईतवार ०८:०८ मा प्रकाशित

जितपुर, पुस ०१ । बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनमा मंसिर २१ गतेदेखि जारी महोत्सवको आज एक विशेष समारोहकाबीच समापन हुँदैछ । महोत्सवको समापन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिउँसो १ः ०० बजे गर्ने महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

महोत्सवको समापनसँगै साँझ ७ः०० बजे १२ औं कपिलवस्तु डान्स आइडलको ताज कन्टेन्सट नम्बर ४ का विहान कार्की, कन्टेस्ट नम्बर ८ की मोनिका राना, कन्टेस्ट नम्बर ९ प्रिन्सिका कार्की र कन्टेस्ट नम्बर १३ की मेनिषा छहारी मध्ये एक जनाले उक्त ताज पहिरिने छन् । डान्स आइडल संयोकजक खडक बहादुर क्षेत्रीले दर्शकले गर्ने मतको आधारमा १२ औं कपिलवस्तु डान्स आइडलको प्रतियोगी घोषणा हुने बताए ।

मंसिर ५ गतेबाट सुरु भएको अडिसन मंसिर १९ गते सकिएर १३ जना छनोट गरिएको थियो । जसमा टप १३ मा पर्नेहरूमा मेनिसा छहरी, अल्का नेपाली, स्मृती जैसी, सम्झना वि,क, अन्जु परियार, रमेश थारु, मेनिसा राना, समयारा चौधरी, सन्ध्या खनाल, विहान कार्की, विशेषता झेंडी, प्रिसिका खाँण, अंशु कँडेल रहेका थिए ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले आगामी दिनका लागी प्रतिस्पर्धीलाई शुभकामना दिदैं आफुमा निहित कला, क्षमतालाई आत्मविश्वासका साथ स्टेजमा प्रस्फुटन गर्न पाएको बताए । यद्यपि निर्णायक मण्डलका सदस्य रिजालले प्रतिपर्धीलाई शुभकामना दिँदै गर्दा पनि डान्स आइडलको को भन्ने बन्द बाकस भित्र नै रहेको छ । रिजालले दर्शकले दिएको मत गणना कार्य सकिएको तर उक्त बन्द बाकसको दर्शकले गरेको भोटको नतिजा ७ः०० बजे मात्र सार्वजनिक हुने बताए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको आजदेखि समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्