जितपुर, मंसिर १६ । कपिलवस्तुको बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा यही मंसिर २१ देखि पुष १ गतेसम्म हुने १४ औं कपिलवस्तु महोत्सवको टिकट दर सस्तो बनाइएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले विगतको महोत्सव भन्दा अहिलेको महोत्सवमा टिकट दर सस्तो बनाइएको टिकट व्यवस्थापन समितिका संयोजक प्रताप सेनले बताए ।
सेनले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने बताए । सेनले महोत्सवमा प्रवेशका लागि जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने बताए ।
सेनले भने धेरै भन्दा धेरै दर्शक भित्राउने र महोत्सव अवलोकन कर्ताहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले यो पटक महोत्सव प्रवेश शुल्क रु. ७०।– बाट घटाएर रु. ६०।– मात्र र विद्यार्थीका लागि रु. ५०।– बाट घटाएर रु. ४० गराइको जानकारी दिए । विद्यार्थीलाई टिकटका लागि अनिवार्य परिचय पत्र देखाउने पर्ने उनले बताए ।
१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु
१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।