कपिलवस्तु महोत्सवले विशेष महत्व राख्छः वरिष्ठ उपाध्यक्ष खडक आले


पालिका पत्र

१७ मंसिर २०८०, आईतवार १७:१७ मा प्रकाशित

जितपुर, मंसिर १७। देशका विभिन्न स्थानमा मेला महोत्सवको आयोजना गरिएको र कतै सम्पन्न भएका छन्, कतै जारी रहेको अवस्थामा बाणगंगा वेयफेयर सोसाइटीलेले महोत्सव आयोजना गर्न लागेको छ। वेयलफेयरको नेतृत्वमा तेस्रो, पाँचौं, सातौ, नवौं र एघारौं महोत्सव सम्पन्न भई सकेकोे र यो पटक १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको नेतृत्व बाणगंगाका वेयलफेरले गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष खडक बहादुर आलेले बताए ।

आलेले यही मंसिर २१ देखि पुष १ गतेसम्म अयोजना हुने महोत्सवमा सर्वसाधारणको उपस्थिति उत्साहजनक हुने बताए । महोत्सवले थला परेको नेपाली बजार र विशेष गरी यस क्षेत्रको अर्थतन्त्रलाई तंग्रिन बल पुग्ने आलेले बताए ।

आलेले महोत्सवले उद्योगी व्यवसायीलाई उर्जा थपेको बताउँदै स्वदेशी उत्पादनको प्रवद्र्धन १४ औं कपिलवस्तु महोत्सवले इट्टा थप्ने र महोत्सवमा करोडौंको कारोबार हुने आलेले बताए । उनले कृषि तथा पर्यटन प्रवद्र्धनका लागि यस्ता महोत्सव उपयोगी हुने र यस क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा १४ औं कपिलवस्तु महोत्सवले विशेष महत्व राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्