अर्घाखाँचीको छत्रदेवमा भूमिहिन कृषकलाई करार खेती


पालिका पत्र

१५ माघ २०८०, सोमबार १७:३८ मा प्रकाशित

अर्घाखाँची, १५ माघ । छत्रदेव गाउँपालिकामा जग्गा नहुने कृषकले पनि खेती गर्न पाउने भएका छन् । गाउँपालिकाले करार खेती कार्यक्रम सञ्चालनमा ल्याएसंगै भूमिहिन स्थानीयले पनि खेती गर्न पाउने भएका छन् ।

करार खेती गर्ने किसानलाई गाउँपालिकाले भाडामा जग्गा उपलब्ध गराइदिने पालिकाका प्रमुख प्रशाकीय अधिकृत भेषराज घिमिरेले बताए । गाउँपालिकाले सोका लागि कार्यविधि बनाइसकेको उनको भनाइ छ ।

स्थानीय व्यवासायिक रुपमा खेती गर्ने किसानलाई जग्गा उपलब्ध गराउन कार्यविधि तयार गरेर लागु गरिने अधिकृत घिमिरेले जानकारी दिए ।

उनकाअनुसार गाउँपालिकाले कार्यविधिमा कृषकलाई कतिसम्म जग्गा उपलब्ध गराउने भन्ने एकिन गरिने छ । सोहीको आधारमा जग्गा भाडामा दिने उनले बताए ।

उनले स्थानीय कृषकले व्यवासायी रुपमा जुनसुकै खेती गर्न सकिने बताए । गाउँपालिकाका सबै वडामा व्यवासायी खेती गर्ने कृषकले करार खेती गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्