वाणगङ्गामा बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु 


पालिका पत्र

१५ माघ २०८०, सोमबार १८:०० मा प्रकाशित

कपिलवस्तु, माघ १५ । 
कपिलवस्तुको वाणगङ्गामा बलेरो पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति वाणगङ्गाको मोतिपुर स्थित सडकमा भएको दुर्घटनामा लु. २ च ७३८७ नम्बरको बलेरो चालक गजेहडाका ४५ वर्षीय रुद्रनाथ रौतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रमुख रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्