कृष्णनगरबाट ४ किलो ६ सय ४६ ग्राम चरेस सहित एक महिला पक्राउ


पालिका पत्र

२० माघ २०८०, शनिबार २१:५७ मा प्रकाशित


कपिलवस्तु, माघ २० । 
कपिलवस्तुको कृष्णनगरबाट ४ किलो ६ सय ४६ ग्राम लागू औषध चरेस सहित एक महिला पक्राउ परेकी छन् । प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ३ बस्ने ३८ बर्षिया बासु घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई शनिवार पक्राउ गरिएको हो । लागू औषध चरेस रुकुम पुर्व बाट भारत तर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको जनाईएको छ । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको टोलीले  कृष्णनगर बजार क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्