पालिकापत्रका सम्पादक थापा ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट विभूषित


पालिका पत्र

२१ माघ २०८०, आईतवार २०:३३ मा प्रकाशित

कपिलवस्तु, २१ माघ । पालिकापत्रका सम्पादक भुपाल थापा ५० हजार रुपैयाँ राशीको ‘सिर्जनशील पत्रकारिता पुरस्कार २०८०’ बाट विभूषित भएका छन् । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर दाङमा आयोजित कार्यक्रममा कपिलवस्तुमा सक्रिय पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

विगत लामो समयदेखि पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई पालना गरी निष्पक्ष र उत्तरदायी रूपमा सन्तुलित सूचना तथा विचार प्रवाह गर्दै निस्वार्थ रूपले राष्ट्र, समाज र पत्रकारिता जगतमा योगदान पुर्याएको भन्दै थापालाई ‘सिर्जनशील सञ्चारकर्मी सम्मान’बाट पुरस्कृत गरिएको हो ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर आइतबार देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, कृषिमन्त्री भण्डारीलाल अहिर र शहरी विकास मन्त्री कृष्णा केसीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

थापा पालिका पत्र अनलाइनको सम्पादकको रुपमा विगत दुई वर्षादेखि कार्यरत छन् । थापाले यस पुरस्कारले आफ्नो पेशामा थप सिर्जनशिल बनाउन प्रेरित गरेको भन्दै छनौट समिति र प्रदेश सरकारलाई धन्यबाद दिए ।

थापाले पालिका तथा प्रदेश गतिविधि केन्द्रित समाचार लेखनमा रुचि राख्छन् । थापा एक दशक देखी पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्