कृष्णनगर नगरपालिका : सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाऊ


२३ माघ २०८०, मंगलवार १९:३८ मा प्रकाशित

माघ २३ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले हुलाकी राजमार्ग अन्र्तगत सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ । हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले संचालित राजपुर–बहादुरगंज–दत्तपुर सडक स्तरोन्नति योजना अन्तर्गत पर्ने संरचनाहरु हटाउन आग्रह गरेको हो ।

सडक स्तरोन्नति योजना अन्तर्गत कृष्णनगर नगरपालिकाको वडा नं. ८ को बहादुरगंज ठुलो चोकदेखि सानो चोक तथा वडा नं. ९ को सानो चोकदेखि श्रीराम गोरखा माध्यमिक बिद्यालय सम्म सडक क्षेत्राधिकार भित्र सेन्टर लाइनबाट ९.५ मिटरमा पर्ने सडकको क्षेत्राधिकार भित्र पर्ने घर, टहरा, गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना जारी गरेको हो ।

सात दिनभित्र नहटाए नियमानुसार भई जाने सूचनामा उल्लेख गरिएको छ । स्वयंमले नहटाए नगरपालिकाले हटाउनु पर्ने भएमा लाग्ने खर्च स्वयम् जग्गा धनिले नै व्यहोर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए । सार्बजनिक निर्माण कार्यमा सहयोग गरिदिनुहुन उनले अनुरोध समेत गरेका छन् ।

पछिल्लो समय पूर्वपश्चिम राजमार्गकै बिकल्पका रुपमा बहादुरगंज-तौलिहवा-भैरहवा-भूमही खण्डको हुलाकी राजमार्ग स्थापित हुँदै गएको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताए । हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडक खण्ड निर्माण भएसँगै यस सडकबाट यात्रा गर्ने बढेका उनको भनाई छ  ।

प्रतिक्रिया दिनुहोस्