व्यावसायिको मन र मत दुबै प्राप्त गर्ने विषयमा यसकारण ढुक्क असिम


पालिका पत्र

२४ माघ २०८०, बुधबार २२:०८ मा प्रकाशित

बाणगंगा, माघ २४।

कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचनमा असिम कडेल क्षेत्री चारनम्बर क्षेत्रबाट  क्षेत्रगत सदस्यको रुपमा उम्मेद्वार छन् । उनले यस क्षेत्रमा विगत एक दशक देखी शैक्षिक क्षेत्र मार्फत योगदान पुर्याउँदै आएका छन् ।  चार नम्बर क्षेत्र सँगै समग्र बाणगङ्गा पेरीफेरीमा  असिम कडेल क्षेत्री चिरपरिचित नाम हो।


क्षेत्रीले कपिलवस्तु उद्योग वाणिज्य संघले लगाउने महोत्सव संगै स्थानीय क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरूमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेका छन् । ब्राइट लुम्बिनी  एवम् जितपूर मन्टेश्वरी मार्फत युवावस्थामै उनले रोजगारीका अवसरहरू सिर्जना गरेका छन् भने सामाजिक उत्तरदायित्व अन्तर्गत बाणगङ्गा ८ धनेशपूरका एक विद्यार्थीको अभिभावकत्व समेत ग्रहण गरेका छन् ।

सहयोगी भावनाका धनी असिम कडेल क्षेत्रीले शिक्षालाई एक उद्योगको रुपमा अगाडि बढाएका छन् । उनले संघमा प्रतिनिधित्व गर्न पाएमा थप रोजगारीका लागि नयाँ प्रविधिमैत्री उद्योग स्थापना गर्न  आफू  थप उत्साहित भएर लाग्ने  बताए । उनी  सामाजिक क्षेत्रमा सक्रिय   रहेर विभिन्न संघ संस्थामा समेत  प्रतिनिधित्व गर्दै आएका छन् ।


मोहन न्यौपानेको संयुक्त प्यानल मार्फत चार नम्बर क्षेत्रबाट क्षेत्रगत सदस्यमा उम्मेद्वारी दर्ता गरेका असीम कडेल क्षेत्रीको सकृयता र सहयोगी भावनाका कारण  आफूले व्यावसायिको मन र मत  दुबै प्राप्त गर्ने विषयमा ढुक्क रहेका छन् ।


कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएर अधिवेशनको प्रकृया सुरु भएको छ । आगामी ३ वर्षे कार्यकालको लागि हुने चुनावको लागि निर्वाचन मण्डलले आजबाट मनोनयन दर्ता थाल्ने भएको छ । दाबीविरोध लगायतका प्रकृया सकेर माघ २७ गते चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्